पैतृक सम्पत्तिमा छोरीको हक : कतिले पाए ? छैन तथ्याङ्क
gorkhapatraonline.com · Sun Jul 24 05:02:41 GMT 2022
काठमाडौँ, साउन ८ गते । पैतृक सम्पत्तिको अंशबन्डामा छोरीलाई समान व्यवस्था गर्न बनेको संवैधानिक प्रावधान कार्यान्वयन भए पनि यस्तो सुविधा के कतिले प्राप्त गरे भन्ने विवरण उपलब्ध हुन सकेको छैन। पैतृक सम्पत्तिको अंशबन्डा गर्दा छोरीलाई पनि समान रूपमा व्यवस्था गर्न गत मङ्सिरमा देशभरिका मालपोत कार्यालयलाई परिपत्र गरिएको थियो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग अहिलेसम्म कति छोरीले पैतृक सम्पत्ति प्राप्त गरे भन्ने तथ्याङ्क छैन। विभागको सफ्टवेयरमा अंशबन्डा र अंश भर्पाईबाट कति छोरीले पैतृक सम्पत्ति प्राप्त गरे भन्ने विवरण समावेश हुने गरेको छैन। तथ्याङ्क सङ्कलनको कुनै पनि प्रक्रियामा छोरीले पैतृक सम्पत्ति प्राप्त गरेको तथ्य खुल्ने गरी सफ्टवेयर प्रणालीमा परिभाषित नहुँदा कार्यान्वयनको अवस्था स्पष्ट नभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)