मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधुनिकताको छायाँमा राना थारु समुदायको होली

ratopati.com · Tue Mar 03 23:59:39 GMT 2026

कञ्चनपुर । कैलाली र कञ्चनपुरका राना थारु समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने होली पर्व रङको उत्सव मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्यासको आधार पनि हो । पछिल्ला वर्षमा आधुनिक प्रभाव र देखासिकी प्रवृत्तिका कारण यसको मौलिकता क्रमशः हराउँदै गएको छ ।

शुक्लाफाँटा नगरपालिका–६, कसरौलका मुनिराम रानाका अनुसार राना थारुहरूको होली पर्व समुदायको इतिहास र धार्मिक विश्वासको सजीव दस्ताबेज हो । “पहिला होली गाउँभित्रै सीमित हुन्थ्यो”, मुनिरामले भने, “हरेक घरमा परम्परागत विधिअनुसार होली खेलिन्थ्यो, जसको घरमा खेलिन्थ्यो, त्यहीँ रमाइलो हुन्थ्यो, त्यहीँ पकाइएको खाना खाइन्थ्यो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)