निर्वाचनमा मौन अवधि : सूक्ष्म निगरानी गर्दै आयोग
gorkhapatraonline.com · Wed Mar 04 00:00:36 GMT 2026

प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ ।
मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको थियो । मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मातहतका कर्मचारीबाट निगरानी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)