आईजीपी कार्कीलाई हटाएर पोसाक खरिदबारे छानबिन गर्न माग
ratopati.com · Wed Aug 12 10:34:51 GMT 2026

काठमाडौँ । सत्तारूढ पार्टीका सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद गरेको जुत्ता, मोजा, कपडालगायतमा अनियमितता भएको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग राखेका छन् ।
बुधबार बसेको लेखा समिति बैठकमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि प्रश्न उठिसकेको भन्दै सांसद सुनारले पदमै राखेर छानबिन नहुने पनि बताए । ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ’, सुनारको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)