आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित
khabarhub.com · Wed Aug 12 10:44:51 GMT 2026

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अंकले बढेर चार सय ६३ दशमलव ६१ मा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २० अंकले बढेर एक सय ८१ दशमलव ५६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अंकले बढेर एक सय ५६ दशमलव ९६ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)