तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन ‘पुनर्जागरण अभियान’को माग
reportersnepal.com · Wed Aug 12 10:40:57 GMT 2026

काठमाडौं । नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि क्रियाशील ‘पुनर्जागरण अभियान-२०८२’ले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ।
अभियानका संयोजक गजेन्द्र थपलियालगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। गत फागुन २१ को जनादेशपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक अवस्थाबारे ध्यानाकर्षण गराउँदै बुझाइएको पत्रमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र कार्यदलका प्रतिवेदनहरू कार्यान्वयन नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)