मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप कति प्रभावकारी छ? (भिडिओ)

setopati.com · Sat Aug 12 00:25:00 GMT 2023

अहिले सबैले सुनिरहेकै होला, क्यान्सरको विरूद्धको खोप आएको छ। तर यसलाई हरेक क्यान्सरको भ्याक्सिनको रूपमा लिन हुँदैन। यो विशेष गरेर पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप हो। यो ह्युमन प्यापिलोना भाइरसको भ्याक्सिन हो। यौन व्यवहारमा आउनुभन्दा अगाडि यो खोप लगाइयो भने धेरै फाइदाजनक हुन्छ। विशेष गरेर ९ वर्षदेखि ११ वर्षको उमेरमा यो खोप लगाउनु राम्रो हो।

यो समयमा लगाउन पाइएन भने २६ वर्षसम्म पनि लगाउन मिल्छ भनिएको छ। १५ वर्ष मुनिका केटीहरूले २ डोज लगाए पुग्छ भने १५ वर्षभन्दा माथिको महिलाको लागि तीन डोज लगाउनु पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)