पत्रिका वितरणमा जारी अवरोधप्रति सञ्चारसम्बद्ध संस्थाको ध्यानाकर्षण
ekantipur.com · Tue Jul 25 00:41:28 GMT 2023
काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका दुई प्रकाशन कान्तिपुर दैनिक र द काठमान्डु पोस्टको वितरणमा सोमबार पनि अवरोध भएको छ । ‘कान्तिपुर संघर्ष समिति’ ले गरेको अवरोधप्रति सञ्चारसम्बद्ध संस्थाले चासो र चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि सरोकारवाला पक्षलाई अनुरोधसमेत गरेका छन् ।
नेपाल मिडिया सोसाइटी र नेपाल विज्ञापन संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पब्लिकेशन्स्मा कार्यरत कामदार तथा कर्मचारीहरूले आफ्ना मागहरू राख्ने क्रममा प्रकाशनको बिक्री वितरणमा अवरोध गरिएको विषयमा सिंगो सञ्चार क्षेत्र दुखित भएको जनाएका छन् । ‘यस्तो कार्य कानुनी राज्य र प्रेस स्वतन्त्रताविरोधी क्रियाकलाप हो भन्नेमा कुनै विवाद छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार संस्थालाई बदनाम र लगानीकर्ताहरूको मानमर्दन गर्ने कार्यले व्यवस्थापन तथा आन्दोलनरत पक्षबीच झनै अविश्वास तथा मनमुटाव सिर्जना गर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)