नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
himalpress.com · Wed Oct 14 00:34:12 GMT 2026

काठमाडौँ- नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई ‘कुष्माण्डा’ तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ । उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)