ग्यास भण्डारणगृह निर्माणको अध्ययन सुरु
gorkhapatraonline.com · Wed Oct 14 00:41:04 GMT 2026

ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारणगृह निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । उपभोक्ताले बारम्बार भोग्ने ग्यासको समस्या समाधान गर्ने गरी ग्यासको आपूर्ति नियमित गर्न भण्डारणगृह निर्माणका लागि अध्ययन प्रक्रिया सुरु गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ऊर्जा सुरक्षालाई ध्यानमा राखेर ग्यास भण्डारणगृह निर्माण गर्ने गरी अध्ययन सुरु गरिएको जनाएको छ । अहिले निजी क्षेत्रसँग १० हजारदेखि १२ हजार मेट्रिक टन बुलेटमार्फत ग्यास भण्डारण गर्ने क्षमता रहे पनि सरकारसँग नभएकाले यस विषयमा अध्ययन सुरु गरिएको हो । सरकारसँग ग्यास भण्डारण नहुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा पनि बजारमा ग्यासको अभाव हुने गर्छ । नेपाल आयल निगमले ग्यास खरिद आदेश (पिडिओ) जारी गर्ने र निजी क्षेत्रले भारतबाट ग्यास ल्याएर बजारमा वितरण गर्ने आपूर्ति व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)