नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। बडादसैँ तथा नवरात्रको चौथो दिन आज (बुधबार) दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने शास्त्रीय विधान रहेको छ।
आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई 'कुष्मा' भनिन्छ भने त्रिविध तापयुक्त संसार जसको पेट वा अण्डमा अवस्थित छ, त्यही भगवतीलाई कुष्माण्डा भनिएको विभिन्न पुराण तथा देवी कवचमा उल्लेख गरिएको छ। शरणमा आएका भक्तजनहरूको तीनै प्रकारका ताप (दुःख) हरिदिने विश्वासका साथ माता कुष्माण्डको आराधना गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)