व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर
kendrabindu.com · Wed Oct 14 00:49:50 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा गत आइतबारदेखि सुरु गरिएको फरक कम्पनीका ग्यास बिक्रीवितरण बन्द हुने भएको छ । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका ११ स्थानबाट फरक कम्पनीका ग्यास बिक्रीवितरण गरिँदै आएको थियो ।
३० असोजसम्म साट्ने निर्णय गरेको संघले बुधबारसम्म मात्रै लागू हुने बताएको छ । बिहीबारदेखि भने डिलरहरूबाट नै एलपी ग्यास नियमित बिक्री हुने संघले जानकारी दिएको छ । वितरण केन्द्रहरूमा उपभोक्ताको अत्यधिक भीड नियन्त्रण गर्न नसकेपपछि बिक्री वितरण रोक्ने निर्णय गरिएको संघ अध्यक्ष दिवान चन्दले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)