कोशी सरकारबाट कांग्रेस बाहिरिँदै, आजै राजीनामा दिने
annapurnapost.com · Wed Aug 12 11:11:19 GMT 2026

उदयपुर : झण्डै दुई बर्षपछि कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस अलगिएको छ । प्रदेश सरकारको समीकरणका लागि केन्द्रीय नेतृत्वमा नेकपा एमाले र नेकपाबीच सहकार्यको सहमति भएसँगै कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय लिएको हो । नेपाली कांग्रेस संसदीय दलले सरकारबाट बाहिरिन आप्mना मन्त्रीहरुलाई निर्देशन दिए लगत्तै बाहिरिने तयारी गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सबै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको बताएका छन् ।
उनले भने, ‘बुधबार दिउँसो मन्त्रिपरिषदको बैठक राखिएको छ, त्यो बैठक सकिए लगत्तै राजीनामा दिनु हुन्छ ।’ उनले सत्ता समीकरणका विषयमा एमाले र नेकपाबीच समझदारी भएपछि आफूहरु बाहिरिएको बताए । समीकरण फेरिएपछि बुधबार नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)