इजरायल-इरान हानाहानपछि नेतन्याहुलाई ट्रम्पको फोन
barnanmedia.com · Tue Jun 09 00:50:40 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच सोमबार फोनवार्ता भएको छ।
दुई महिनाको युद्धविरामपछि आइतबार राति फेरि इजरायल र इरानले हानाहान गरेपछि दुई नेताबिच फोनमा कुराकानी भएको हो।
ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार दुई राष्ट्रप्रमुखले इरान-इजरायल गोलाबारीबारे छलफल गरेका थिए।
यद्यपि थप विवरण दिइएन।
यसअघि इजरायलको च्यानल १२ न्युजले इजरायलले इरानमा आक्रमण रोक्ने रिपोर्ट गरेको थियो। इजरायलका एक वरिष्ठ अधिकारीले आक्रमण रोक्ने निर्णय ट्रम्पको अनुरोधमा गरिएको बताएका थिए।
उल्लेखनीय छ- ट्रम्पले सोमबार इरान र इजरायल तत्काल युद्धविराम चाहेको दाबी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)