पुनरावलोकनको अनुमति दिनु तथ्यसँग मेल खाँदैन : महामन्त्री घिमिरे
ratopati.com · Wed Aug 12 11:29:02 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगले सुनुवाइको मौका नदिएको भन्ने आधारमा सर्वोच्च अदालतले आफ्नो फैसला पुनरावलोकनको अनुमति दिनु तथ्यहीन भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै महामन्त्री घिमिरेले निर्वाचन आयोगले विवादका दुवै पक्षसँग पर्याप्त र निरन्तर छलफल गरेको प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताए।
‘निर्वाचन आयोगले दुवै पक्षसँग लगातार छलफल गरेको अडियो र भिडियो रेकर्ड सुरक्षित छ। यस्तो अवस्थामा सुनुवाइको मौका नपाएको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिनु कुनै पनि तथ्यसँग मेल खाँदैन,’ घिमिरेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)