कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो
khabarhub.com · Wed Aug 12 11:27:22 GMT 2026

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। पछिल्लो तथ्याङ्कअनुसार देशका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ११ जनाको मृत्यु भएको छ।
अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन सातामा मात्रै कम्तीमा एक हजार जनाको मृत्यु भएको जनाएको छ। इबोला सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि स्वास्थ्य अधिकारीहरूले अवस्था नियन्त्रणका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)