खैरो हेरोइन भित्र्याउँदै आएका युवक हवाई फायरपछि समातिए
barnanmedia.com · Wed Oct 14 00:49:59 GMT 2026

काठमाडौं । प्रहरीले ‘हवाई फायर’ गरेर खैरो हेरोइनसहित तारकेश्वरबाट एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरेको हो।
ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सोल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट प्रहरीले मंगलबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)