इम्पेयरमेन्ट चार्ज घट्दा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा उछाल, ६ वटाको लाभांश क्षमता १० प्रतिशत माथि
aarthiknews.com

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गरेका छन् । अधिकांश बैंकको इम्पेयरमेन्ट चार्ज घट्नु र केही बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा सुधार गर्दै प्रोभिजन रिभर्स गर्न थालेपछि नाफामा उल्लेख्य वृद्धि देखिएको हो। यही सुधारले विकास बैंकहरुको लाभांश वितरण क्षमता पनि बढाएको छ ।
गरिमा, मुक्तिनाथ, शाइन रेसुंगा, सांग्रिला, लुम्बिनी, महालक्ष्मी र कामना सेवा विकास बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ भने ज्योति विकास बैंकले उक्त चार्ज रिभर्स गरेको छ। यसले बैंकहरुको नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव परेको देखिन्छ। वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा समग्रमा ८ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको ५ अर्ब २८ करोड ५५ लाख रुपैयाँको तुलनामा ६३.८३ प्रतिशत बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)