‘२० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको इसारा र सिट्ठीका भरमा भएको छ’
ratopati.com · Wed Aug 12 11:45:45 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौँ उपत्यकामा २० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘हिजो, आज र भोलि कार्यक्रममा बोल्दै एसएसपी काफ्लेले सडकमा सञ्चालन हुने सवारी साधनको व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)