भारतविरुद्ध खेल्ने श्रीलंकाको टेस्ट टिमको घोषणा, डिकवेला र मदुशंकाको पुनरागमन
nepalsamaya.com · Wed Aug 12 11:54:59 GMT 2026
काठमाडौं। भारतविरुद्धको टेस्ट सिरिजका लागि श्रीलंकाले १६ सदस्यीय टोली घोषणा गरेको छ। तीन वर्षपछि निरोशन डिकवेला टेस्ट टोलीमा फर्किएका छन् भने तीव्र गतिका बलर दिलशान मदुशंकाले पनि टोलीमा पुनरागमन गरेका छन्।
२५ वर्षीय स्पिनर केशरा नुवन्था र ब्याटर पसिन्दु सूरियाबन्दराले पहिलोपटक टेस्ट टोलीमा स्थान पाएका छन्। नुवन्थाले भारत ‘ए’ विरुद्ध गालेमा तथा भारतविरुद्धको अभ्यास खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए। घाइते पाथुम निसान्का र कुशल मेन्डिस भने टोलीमा छैनन्। निसान्का नाडीको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका छन् भने मेन्डिस तिघ्राको चोटका कारण बाहिर छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)