बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
nepallive.com · Wed Oct 14 01:23:35 GMT 2026

काठमाडौं। बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःखकष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने चलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)