नेपालीको विद्युत् खपत क्षमता ४८१ युनिट, एक बर्षमा बढ्यो ३१ युनिट
corporatenepal.com · Wed Aug 12 11:47:23 GMT 2026

काठमाडौं । नेपालीको प्रतिव्यक्ति विद्युत् खपत औसतमा चार सय ८१ युनिट पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले सार्वजनिक गरेको गत असार मसान्तसम्मको विवरणले यस्तो देखाएको हो ।
२०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० युनिट थियो । २०८३ असार मसान्तसम्म आउँदा ३१ युनिटले बढेर चार सय ८१ युनिट पुगेको हो । पछिल्लो समय नेपालमा विद्युतको खपत बढ्दै गएको छ । विद्युतीय उपकरणको बढ्दो प्रयोग, विद्युतीय गाडीको विस्तार लगायतका कारण नेपालमा विद्युतको उपभोग बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)