हिमालय कलेज अफ इन्जिनियरिङ : प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्ति निर्माणमा जोड
ictsamachar.com

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र ललितपुरको च्यासल क्षेत्रमा अवस्थित हिमालय कलेज अफ इन्जिनियरिङ (एचसीओई) नेपालमा गुणस्तरीय इन्जिनियरिङ तथा सूचना प्रविधि शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित छ । सन् २००० मा स्थापना भएको यो कलेज त्रिभुवन विश्वविद्यालय (टियु) सँग सम्बन्धन प्राप्त संस्था हो, जसले प्राविधिक रूपमा सक्षम, नैतिक रूपमा जिम्मेवार र समाजप्रति उत्तरदायी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफ्नो शैक्षिक यात्रा अगाडि बढाइरहेको छ ।
नेपालमा इन्जिनियरिङ शिक्षाको विस्तार हुँदै गइरहेका बेला एचसीओईले आफूलाई केवल डिग्री प्रदान गर्ने संस्थाका रूपमा सीमित नराखी व्यावहारिक, अनुसन्धानमुखी र उद्योगसँग जोडिएको शिक्षा प्रणाली विकास गरेको छ । यही विशेषताले यसलाई विद्यार्थी, अभिभावक र प्राविधिक क्षेत्रका विज्ञहरूमाझ विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)