मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभर १३० सशस्त्र द्वन्द्व जारी, दोस्रो विश्वयुद्धयताकै गम्भीर संकटको चेतावनी

barnanmedia.com · Wed Oct 14 01:21:08 GMT 2026

विश्वभर सशस्त्र द्वन्द्वको संख्या र जटिलता बढ्दै जाँदा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा गम्भीर द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको चेतावनी दिएको छ । संस्थाकी अध्यक्ष मिर्याना स्पोलजारिकका अनुसार अहिले विश्वभर अन्तर्राष्ट्रिय तथा गैरअन्तर्राष्ट्रिय गरी करिब १३० वटा सशस्त्र द्वन्द्व सक्रिय छन् । यो संख्या पछिल्लो १५ वर्षको तुलनामा दोब्बर हो ।

स्पोलजारिकले विश्वका नेताहरूले द्वन्द्व र मानवीय संकटप्रति चासो गुमाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनका अनुसार युद्धको बढ्दो संख्या, त्यसको जटिलता र अन्तर्राष्ट्रिय मानवीय कानुनको अवज्ञाले विश्वव्यापी सुरक्षा तथा मानवीय अवस्थालाई गम्भीर बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)