मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

खप्तडमा पर्यटक बढे, पूर्वाधारको कमी

ekagaj.com · Wed Mar 31 00:27:47 GMT 2021

धनगढी : सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । केही समयका लागि हेलिकप्टरमार्फत खप्तड भ्रमण गर्ने व्यवस्था गरिएकोमा अहिले पदमार्ग भएरै पर्यटक खप्तडसम्म पुग्न थालेका हुन् । डोटी भएर खप्तड पुग्नेहरु झिग्रानासम्म मोटरमा र त्यहाबाट ट्रेकिङ गर्दै खप्तड पुग्ने गरेका छन् । बझाङ भएर खप्तड जानेहरु भने दारुगाउँबाट पैदल जाने गरेका छन् । नीजि क्षेत्रबाट सञ्चालन गरिएको हेली टुरपछि खप्तडप्रति पर्यटकको चाँसो बढेको र अहिले चहलपहलसमेत बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

डोटीतर्फबाट खप्तड प्रवेशद्वारमा रहेको खप्तड होमस्टे झिग्रानाका सञ्चालक तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष दीपकबहादुर खड्काले खप्तडमा आन्तरिक पर्यटकको सङख्यामा बृद्धी भएको बताए । पर्यटकको सङख्या बढेपनि अहिले खान र बस्न समस्या कायमै रहेको बताउँदै उनले भने, ‘आन्तरिक पर्यटकको रोजाईमा खप्तड परेपनि पूर्वाधार विकास नहुँदा पर्यटकहरु समस्यामा परेका छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)