मौसम परिवर्तनसँगै बालबालिकामा भाइरल संक्रमणको जोखिम, जोगाउन यी सावधानी अपनाउनुहोस्
bishowkhabar.com · Wed Oct 14 01:32:38 GMT 2026

काठमाडौं – मनसुन सकिएर मौसममा परिवर्तन आउन थालेसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, भाइरल संक्रमण र एलर्जीका समस्या देखिन सक्छन् । बिहान–बेलुका चिसो र दिउँसो गर्मी हुने यस्तो समयमा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
मौसम परिवर्तनसँगै तापक्रम र वातावरणमा आउने उतारचढाव, धुलो तथा धुवाँको सम्पर्क र संक्रमित व्यक्तिसँगको निकटताले बालबालिकामा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । विद्यालय तथा खेल्ने स्थानमा धेरै बालबालिका एकै ठाउँमा भेला हुने भएकाले श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिने जोखिम पनि रहन्छ । त्यसैले अभिभावकले सरसफाइ, खानपान र दैनिक व्यवहारमा ध्यान दिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)