सिरहामा प्रतिबन्धित पटाका बरामद
ratopati.com · Wed Oct 14 01:39:41 GMT 2026

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प्रहरीले करिब ४० हजार रुपैयाँ बराबरका विभिन्न किसिमका प्रतिबन्धित पटाका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हवल्दार चोकमा चेकजाँच गर्ने क्रममा पटाका बरामद गरेको हो। भारतबाट मोटरसाइकलमा बोराभित्र राखेर पटाका ल्याउँदै गरेका व्यक्तिहरूले प्रहरीको टोलीलाई देखेपछि बोरा फालेर मोटरसाइकलसहित फरार भएको र उक्त बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटाका फेला परेको प्रहरी प्रवक्ता रमेश बहादुर पालले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)