मोबाइल फोन रिचार्ज डिजिटल, कार्डको आयातचाहिँ पाँच गुणा किन ?
corporatenepal.com · Wed Aug 12 12:08:16 GMT 2026

काठमाडौं । मोबाइल फोन रिचार्ज गर्न सेवा प्रदायक कम्पनीको कार्ड किनेर, त्यसलाई कोट्याएर दिइएको अंक प्रयोग गर्ने चलन घट्दै गएको छ । मानिसहरूले आफ्नो बैंक खाताको मोबाइल एप वा वालेट सर्भिस प्रयोग गरेर मोबाइल रिचार्ज गर्ने चलन बढेको छ ।
‘कति जनाले विद्युतीय माध्यमले रिचार्ज गरे ? कतिले रिचार्ज कार्डको प्रयोग गरे ? यसको तथ्यांक आउँदैन हामी कहाँ,’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘तर प्रायः मानिसहरूले विद्युतीय माध्यमबाटै अहिले रिचार्ज गर्ने गरेको पाइन्छ । कार्डबाट रिचार्ज गर्नेको संख्या त्यसको दाँजोमा घट्दो क्रममै रहेको आँकलन गर्न सकिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)