औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरूको नाम सार्वजनिक, मन्त्रीले दिइन् सातदिने अल्टिमेटम
nepalsamaya.com · Tue Jun 09 01:00:14 GMT 2026

काठमाडौं- विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेकी छन्।
विगतका सरकारले विभिन्न बहाना बनाउँदै र सेटिङ गर्दै ठूला उद्योगीलाई जोगाउँदै आएकामा वर्तमान उद्योगमन्त्री यादवले ‘भनसुन र मोलाहिजा’ को राजनीति अन्त्य गर्दै कठोर कदम चालेको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)