तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
nagariknews.nagariknetwork.com · Tue Jun 09 00:55:47 GMT 2026

स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन्। जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो।
सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ। व्यास नगरपालिकालाई रु ९४ करोड ३० लाख विनियोजन गरिएको छ। व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ रु ५० लाख बजेट पाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)