च्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजित
nepalsamaya.com · Wed Oct 14 01:47:08 GMT 2026
काठमाडौं- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल, एट्लेटिको मड्रिड, स्पोर्टिङ सिपी, आरबी लाइपजिग र भिल्लारियलले जित निकालेका छन्। त्यस्तै क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले पराजित गरेको छ भने बायर्न म्युनिख र भाइकिङले ३–३ गोलको बराबरी खेलेका छन्।
बार्सिलोनाले गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ। बार्सिलोनाका लागि जोआओ कान्सेलो, फर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम अदेयेमीले गोल गरेका छन्। त्यस्तै, गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)