मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यतिखेर जेनजीका नाममा विभिन्न स्वार्थ समूह सक्रिय

barnanmedia.com · Tue Oct 07 21:30:50 GMT 2025

यतिखेर जेनजीका नाममा विभिन्न स्वार्थ समूह सक्रिय भइरहेका छन्। जसरी आन्दोलनका बेला जेनजीका नाममा विभिन्न अवाञ्छित समूहको घुसपैठ भएर देशमा ठूलो विध्वंश मच्चियो, त्यसरी नै अहिले जेनजीका नाममा वक्तव्यबाजी चलिरहेको छ । यस्तै वक्तव्यबाजी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका विरूद्धमा गरिँदै छ ।

राई स्वयंमा एक निर्भीक र निष्ठावान् प्रशासक हुन् भन्ने जगजाहेर छ । नेपालको प्रशासनमा सबैभन्दा स्वच्छ र इमानदार अनि भ्रष्टाचारीप्रति आक्रामक भएकै कारण उनी अख्तियारमा अहिलेसम्म टिकिरहेका छन् । उनलाई हटाउन अहिलेसम्म कुन शक्ति लागेन र ? सर्वोच्च अदालतदेखि विशेष अदालतबाट समेत उनीमाथि बन्दुक पड्काउन नखोजिएको होइन । त्यो सम्भव नभएपछि ती अपराधी र भ्रष्टाचारीहरूको गिरोह अहिले जेनजीको काँधमा बन्दुक राखेर पड्काउन खोजिरहेको छ । यसको पछाडि विशेष गरी भ्रष्टाचारबाट प्रभावित समूहहरुको हात देखिन्छ, जसले आफ्नो असल प्रतिवादी र विरोधीलाई दबाउन ‘जेनजी’लाई माध्यम बनाइरहेका छन् । राईलाई विवादमा तानेर राजीनामा गर्न लगाउने जोडबल चलिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)