कङ्गोमा इबोला भाइरसः मृतकको संख्या २ हजार नाघ्यो, चार हजारभन्दा बढीमा संक्रमण
kendrabindu.com · Wed Aug 12 12:31:32 GMT 2026

किन्शासा। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो ।
अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ। भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। मङ्गलबारसम्म कङ्गोका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ११ जनाको मृत्यु भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)