बालेन र सुदनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो
barnanmedia.com · Tue Oct 07 21:44:12 GMT 2025

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्धको जाहेरी पनि उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने निर्णय गरिएको छ । प्रहरीका उच्च अधिकृतहरू र गृह मन्त्रालयका अधिकारीहरूबिचको छलफलपछि त्यस्तो निर्णय गरिएको गृहमन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको जाहेरी भोली (बुधवार) गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउन लागिएको हो । आफूले दिएको जाहेरी दर्ता गर्ने वा नगर्नेबारे २४ घण्टामा जवाफ दिने भनेर प्रहरीले भनेको सो विद्यार्थी सङ्गठनले दाबी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)