साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार
baahrakhari.com · Wed Oct 14 02:03:56 GMT 2026

काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल प्रहार भएको छ । मिसाइल प्रहार हुँदा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन् ।
तेल कम्पनी अरामको प्रशासनिक भवनलाई लक्षित गरी यमनका हुथी विद्रोहीले आक्रमण गरेका हुन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)