एआईको दुरुपयोग गरी फेक फोटो/भिडिओ बनाउने, भ्रम फैलाउने र चरित्रहत्या गर्नेमाथि कारबाही हुने
techpana.com · Wed Aug 12 12:34:00 GMT 2026

काठमाडौं । एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो/भिडिओ बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्नेमाथि कानुनी कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार सूचना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाको कृत्रिम फोटो/भिडिओ सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने अभिप्रायले श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)