वीरगञ्जमा आज सद्भाव र्याली, आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति
Ujyaaloonline.com · Mon Sep 25 00:39:21 GMT 2023
काठमाण्डाै - पर्साकाे वीरगञ्जमा आज धार्मिक सद्भाव र्याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्याली निकाल्ने महानगरपालिकाले जनाएको छ ।
यसैबीच हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ । धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)