साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण
nepallive.com · Wed Oct 14 02:14:26 GMT 2026

काठमाडौं। साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन्। यसैबीच, इरानसमर्थित हुती विद्रोही र उनीहरूविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनबीच आक्रमण–प्रत्याक्रमण तीव्र बनेको छ।
साउदी नागरिक सुरक्षा निकायका अनुसार हुती विद्रोहीले प्रहार गरेका दुई क्षेप्यास्त्रलाई आकाशमै निष्क्रिय पारिएपछि तिनका अवशेष राजधानी रियादका आवासीय क्षेत्रमा खसेका थिए। घटनामा चार जना घाइते भएका छन् भने १५ वटा घरमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)