अलग्गिए विप्लवका चार दर्जन मान्छे
janaaastha.com

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य गंगाप्रसाद ज्ञवाली सुमनसहित ५१ जना नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । समाजवादी चिन्तन र कम्युनिष्ट आन्दोलनका विरुद्ध देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले भयानक षडयन्त्रपूर्ण घटना घटाइरहेको बेला नेतृत्व पछाडि हटेको भन्दै उनीहरुले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)