उत्तरी हुम्लामा नेपाली नम्बर प्लेटका सवारी मात्र
gorkhapatraonline.com · Sat May 16 06:02:31 GMT 2026

सिमकोट गाउँपालिका केन्द्रदेखि नाम्खा गाउँपालिकाका विभिन्न क्षेत्रमा अब नेपालमा दर्ता भएका नेपाली नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ । पर्यटन प्रवर्द्धनका लागि बसेको सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।
पर्यटकीय सिजन सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा बसेको सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै ती क्षेत्रमा नेपाली नम्बर प्लेट भएका सवारी साधन मात्र सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)