बाँदर धपाउन गएकी महिलाको बारीमै ज्यान गयो
annapurnapost.com · Sat May 16 06:00:05 GMT 2026

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–१ स्थित मोलीमा बाँदर रुग्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार मकै बारीमा मृत फेला परेकी हुन् ।
स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह १२ः०० बजेतिर आफ्नो बारीमा बाँदर धपाउन (रुग्न) गएकी थिइन् । घर नफर्किएपछि खोजी गर्दा बारीको भित्तामा कोल्टे परेको अवस्थामा उनकै आमाले मृत फेला पारेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)