मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर

ratopati.com · Mon Jul 17 06:34:00 GMT 2023

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कम्पनीमा २०७९ पौष मसान्तसम्म रिक्त भएका पदहरू खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने भएको छ । कम्पनीको प्रचलित कर्मचारी प्रशासन विनियमावली, २०६४ (दसौँ संशोधन) मा व्यवस्था भए बमोजिम देहायका योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको हो ।

परीक्षा दस्तुर नबिल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति भौचर संलग्न गर्नु पर्नेछ । दरखास्त दिने अन्तिम मिति पछि ७ दिन सम्ममा दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको अर्को दिनसम्म दरखास्त बुझाउन सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)