मोदीलाई बालेनको सन्देश : आन्तरिक काममा व्यस्त छु, तत्काल भारत भ्रमण सम्भव छैन
nepalviews.com · Wed Aug 12 12:51:34 GMT 2026

काठमाडौं । कन्स्पिरेसी थ्योरी (षड्यन्त्रको सिद्धान्त) को बोलबाला त नेपाली राजनीतिको ‘विशेषता’ नै भइहाल्यो । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित ‘भारत भ्रमण’का विषयमा काठमाडौंमा हुने ‘अनुमानकारिता’का कारण ‘कन्स्पिरेसी थ्योरी’ले जस्तै सम्भवतः भारतीय विदेश मन्त्रालयका अधिकारीहरु हैरान छन् ।
जस्तो - लामो प्रतीक्षापछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार (२५ साउन) प्रधानमन्त्री शाहसँग वान–अन–वान (एक्लाएक्लै) भेटको अवसर प्राप्त गरे । यो भेटको भोलिपल्टको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भारत भ्रमणको निम्तो र शाहको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रश्नको सामना गर्नु परिहाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)