माधवको नजिर देखाउँदै ओलीमाथि राजीनामाको ‘नैतिक’ दबाब
ratopati.com · Wed Aug 12 13:04:32 GMT 2026

काठमाडौँ। नेकपा एमाले पार्टी पुनर्संरचना र पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनले पार्टी कमजोर बन्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने सुझाव दिइएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदामा यस्तो सुझाव दिएको पाइएको हो।
स्रोतका अनुसार निर्वाचनमा पार्टीले व्यहोरेको गम्भीर पराजय तथा अहिले भोगिरहेको सङ्कटको नैतिक जिम्मेवारी लिँदै तत्काल अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र राजीनामा नदिए अध्यक्षबाट हटाउन सकिने आधारसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)