अपाड्गता भएका, दोहोरी साँझ र मसाज सेन्टरमा काम गर्नेलाई तत्काल राहत उपलब्ध गराउन आयोगको निर्देशन - देखापढी
dekhapadhi.com · Tue Jun 15 17:33:00 GMT 2021
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले दोहोरी साँझ, मसाज सेन्टरमा काम गर्ने एवं रोजगारविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई वर्तमान संकटको अवस्थामा तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने औषधि लगायतका सामाग्रीको व्यवस्था गर्नसमेत आयोगले आज विज्ञप्ति जारी निर्देशन दिएको छ। अपाङ्गता भएका व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले कोरोना खोपको व्यवस्था गर्न पनि भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)