अठासीमध्ये पचासी पालिकाको बजेट सार्वजनिक
gorkhapatraonline.com · Fri Jun 26 03:24:34 GMT 2026

सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८५ स्थानीय तहले आफ्नो बजेट सार्वजनिक गरेका छन् । बजेट प्रस्तुत नगर्नेमा कैलालीका दुई र अछामको एउटा पालिका रहेका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अझै केही पालिकाले बजेट ल्याउन सकेका छैनन् । बाजुराका जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाका अनुसार बाजुराका नौ वटै पालिकाको बजेट सार्वजनिक भइसकेको छ ।
बझाङका समन्वय प्रमुख नरबहादुर बोहराका अनुसार बझाङका १२ वटै पालिकामै निर्धारित समयमै बजेट ल्याइएको छ । अछामका १० मध्ये एउटा बान्नीगढीजयगढ गाउँपालिकामा बजेट आउन बाँकी रहेको समन्वय प्रमुख ललितबहादुर कुँवरले बताउनुभयो । बैतडीका १० र दार्चुलाका पनि नौ वटै पालिकाको बजेट आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)