मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीमा २६९ बालबालिकाले गुमाए अभिभावक

kendrabindu.com · Wed Oct 14 02:33:34 GMT 2026

काठमाडौं । नुवाकोट र रसुवा जिल्लाका भोटेकोशी बाढी प्रभावित बालबालिकामध्ये कम्तीमा २ सय ६९ जनाले अभिभावक गुमाएको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौं, नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका ५ सय ८४ बालबालिकामाथि अध्ययन गरेको थियो । तीमध्ये ४६ प्रतिशत अर्थात् २ सय ६९ जना बालबालिका आमा, बुबामध्ये एक र आमाबुबा दुवै सम्पर्कमा नभएर अभिभावकविहीन भएका हुन् । परिषद्को प्रारम्भिक प्रतिवेदनअनुसार ४१ जना बालबालिकाले बुबाआमा दुवै गुमाएका छन् । १० भदौको बाढीबाट अभिभावकविहीन बन्ने बालबालिकाको यो संख्या अन्तिम भने होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)