मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको क्यान खोल्दा तीन जनाले जिते बाइक र स्कुटर

corporatenepal.com · Wed Oct 14 02:26:44 GMT 2026

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशितरूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा खुसी थपिएको छ । पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका बिजेता संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन । यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)