कांग्रेसका मन्त्रीको राजीनामासँगै कार्की नेतृत्वको सरकारमा छैटौं पटक मन्त्रिमण्डल विस्तार हुँदै
ratopati.com · Wed Aug 12 13:08:24 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएसँगै एमाले र कांग्रेसबिचको २७ महिना अगाडिको गठबन्धन तोडिएको छ । यो गठबन्धन तोडिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अबको दुई दिनमा सरकारमा सहभागी हुने भएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा मन्त्रिपरिषद बैठक सकिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)