पहिरोपीडितले पाए नयाँ घर
gorkhapatraonline.com · Wed Nov 30 00:22:23 GMT 2022
हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर १४ गते । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रममार्फत जस्तापाताले छाएका नयाँ घर निर्माण भएका हुन्। बासविहीन बनेको छ महिनापछि नयाँ घरमा बस्न पाउँदा पहिरोपीडितलाई राहत मिलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)